धनगढी । बैतडीको सुर्नया गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच गठबन्धन गर्ने सहमति भएको छ। सहमति अनुसार अध्यक्षमा समाजवादीको तर्फबाट उम्मेदवार हुनेछन्। उपाध्यक्ष माओवादी केन्द्रबाट उम्मेदवार बनाउने सहमति भएको छ।
भागवण्डा अनुसार अध्यक्षमा समाजवादीका नरेन्द्र बिष्ट उम्मेदवार बन्ने भएका छन्। यस्तै उपाध्यक्षमा स्वेता भट्ट उम्मेदवार बनेकी छन्। वडाको भागवण्डा भने टुङ्गो लागिसकेको छैन। शुक्रवारसम्म सवै वडाको समेत टुङ्गो लगाएर उम्मेदवारका नाम समेत सार्वजनिक गरिने तयारी छ।