काँग्रेस र एमाले कार्यकर्ताबीच झडप, केही जना घाईते ४ गाडीमा ताेडफोड

दार्चुला। दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा काँग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए ।

झडपमा चारवटा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ ।प्रहरीले भने उक्त घटनालाई सामान्य विवाद भएको बताएको छ । नेकपा एमालेका कार्यकर्ताले घरदैलो कार्यक्रम गरिरहेका बेला काँग्रेसका कार्यकर्तासँग सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक धुब्र विष्टले बताए । विवादका क्रममा एमालेका दुई जना कार्यकर्तालाई चोट लागेको उनले बताए ।

बिहीबार दिउँसो करिब साढे १२ बजेतिर एमालेका कार्यकर्ताले घरदैलो गरिरहेका बेला काँग्रेसका कार्यकर्तासँग मुठभेड भएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.