‘टुटेफुटेकाे माओवादीलाई एक बनाउन फर्के’ – सभाषद् चाैधरी

धनगढी । जनता समाजवादी पार्टीबाट माओवादी केन्द्रमा फर्किएका कृष्णकुमार चौधरी (कुन्दन) ले  माओवादीलाई २०६४ सालको स्थितिमा ल्याउने बताएका छन्। माओवादीमा पुनः फर्केको घोषणा गर्दै उनले बाबुराम भट्टराई नेतृत्वको पार्टीलाई परित्याग गरी माओवादी केन्द्रलाई एक बनाउन फर्केको बताएका हुन्।

बिहीबार कैलालीकाे गौरीगंगा नगरपालिकामा पार्टी ध्रुवीकरण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले टुटेफूटेकाे माओवादी मात्रै नभएर कम्युनिष्टहरू एक बनाउने बताए। कम्युनिष्टहरू एक नभए प्रतिक्रियावादीहरुले खेल्ने मौका पाउने उनको दाबी छ। कुन्दनसँगै एक हजार जनाले पार्टीमा ध्रुवीकरण गरेको उनले बताए। उनले भने, ‘माओवादी सकिएको छ भन्ने गरिएको छ। माओवादी सकिएको छैन भन्ने सेती महाकालीले देखाउने छ।’

कृष्ण चौधरीको राजनीतिक यात्रा माओवादी केन्द्रबाटै शुरु भएको थियो। २०६४ सालको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट उनी माओवादी केन्द्रबाट सांसदमा विजयी भएका थिए। माओवादीबाट डाक्टर बाबुराम भट्टराई छुट्टिदा उनी भट्टराईसँगै लागेका थिए। 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.