सरकारको निर्णयविरुद्ध निलम्बित गभर्नरको रिट सर्वोच्चमा

काठमाण्डाैं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै त्याे निर्णय खारेजीको माग रिट निवेदनमा गरिएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध ल्याएको रिट निवेदन दर्ता भएको छ । आज अलि ढिला रिट दर्ता भएको हो । रिटमाथि सुनुवाइ पर्सि मङ्गलवार हुनेछ । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएर गभर्नर अधिकारीलाई स्वतः निलम्बन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को गएकाे चैत २५ गते बसेको बैठकले अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.