एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सत्ता गठबन्धनको तयारी

स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको सत्तारुढ दलहरुले देशभर सक्रियता बढाएका छन् । देशभर कुन पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने बहस चलिरहेको समयमा धरान उपमहानगरपालिकामा भने फरक ढंगले गठबन्धन हुने भएको छ ।

यो उपमहानगपालिका भित्र एउटै चुनाव चिन्हबाट उम्मेदवारी दिने उनीहरुको तयारी रहेको छ । धरानमा माओवादी केन्द्र, नेपाली काङ्ग्रेस, नेकपा एकिकृत समाजवादी र जसपाका नेताहरुले एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् । एउटै चुनाव चिन्हबाट निर्वाचनका जानका लागि कानुनी जटिलता समाधानका बारेमा छलफल भइरहेको नेकपा माओवादी केन्द्रका एक नेताले बताए । मेयर र उपमेयरमा आ–आफ्नै चुनाव चिन्हबाट लड्ने र वडामा अध्यक्षदेखि सदस्यहरु जुनसुकै दलबाट भए पनि एउटै चुनाव चिन्हबाट लड्ने तयारी भभएको गठबन्धनका एक नेताले बताए ।

माओवादीले टिकट पाएको वडामा गठबन्धनका सदस्यले हसिया हतौडाबाटै उम्मेद्वारी दिने र काङ्ग्रेसले टिकट पाएको वडामा रुखबाटै वडा अध्यक्ष र सदस्यको उम्मेदवारी दिने ती नेताले बताए । गठबन्धनको बैठकमा एउटै चुनाव चिन्हबाट उम्मेदवार बन्ने विषयमा छलफल भए पनि निर्णय भने नभएको नेपाली कांग्रेस धरानका नगरसभापति श्याम पोखरेलले बताए ।

वडामा छुट्टा छुट्टै चुनाव चिन्हबाट उम्मेदवार बन्दा मत बदर हुने सम्भावना बढी भएका कारण एउटै चुनाव चिन्हबाट चुनाव लड्ने तयारी गरेका हुन् । मंगलबार धरानमा गठबन्धनको बैठक बसेको थियो । बैठकले वडा तहको भागवण्डामा लगभग सहमति गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.