सुदूरपश्चिम प्रदेश सभाको चालु अधिवेशन भाेलिबाट अन्त्य हुने

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको चालु हिउँदे अधिवेशन शुक्रवार रातीबाट अन्त्य हुने भएको छ । बिहीवार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

आज बसेकाे मन्त्रीपरिषद् बैठकले चालु नवौं अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीले जानकारी दिइन् । उनका अनुसार बैठकले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालय डोटीमा रहने गरी स्थान तोकेको छ ।

मन्त्री जोशीकाअनुसार मन्त्रीपरिषद बैठकले आगामी वर्ष २०७९ सालमा दिइने सार्वजनिक विदाहरु पनि पास गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.