प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालय डोटीमा रहने

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको चालु हिउँदे अधिवेशन शुक्रवार रातीबाट अन्त्य हुने भएको छ । बिहीवार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

आज बसेकाे मन्त्रीपरिषद् बैठकले चालु नवौं अधिवेशन अन्त्यकालागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीले जानकारी दिइन् । उनका अनुसार बैठकले प्रदेश निजामती कर्मचारीको आन्तरिक भ्रमण (कार्यक्रम सञ्चालन) पहिलाे संसाेधन निर्देशिका २०७८ लाई स्वीकृत गरेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यालय डोटीमा रहने गरी स्थान तोकेको छ । मन्त्री जोशीकाअनुसार मन्त्रीपरिषद बैठकले आगामी वर्ष २०७९ सालमा दिइने सार्वजनिक विदाहरु पनि पास गरेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व सम्बन्धि विधेयक तर्जुमा गर्न सैदान्तिक स्वीकृती  प्रदान गर्ने निर्णय गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.