धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश पदाधिकारीकाे बैठक बिहीबार धनगढीमा बस्दैछ।पार्टीको बैठकमा स्थानीय चुनावमा माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दलसँग कुन कुन स्थानीय तहमा उम्मेदवारी दाबी गर्ने भनेर छलफल हुने उपाध्यक्ष मान सिं माल (क्रान्ती)ले जानकारी दिए।
‘आज प्रदेश पदाधिकारीकाे बैठक बस्दै छ, हामीले स्थानीय तह चुनावमा गठबन्धनकालागि कसरी जाने, के जाने भनेर प्रदेश पार्टी कार्यालय एवं पदाधिकारीकाे म्याण्डेड लिन लागेकाे हाे । साे म्यान्डेडअनुसार पार्टीले गठबन्धनकाे कार्यदल बैठकमा प्रस्तुत गर्नेछ ।’ कहाँ कहाँ प्रमुखमा दाबी गर्ने, कहाँ उपप्रमुख र वडा अध्यक्षमा दाबी गर्ने भनेरसमेत छलफल हुने उनकाे भनाई छ ।
पाँच दलिय गठबन्धन मध्ये सुदूरपश्चिम प्रदेश ८८ वटै स्थानीय तहमा नेकपा माओवादी केन्द्रसहित नेपाली काँग्रेस र एकीकृत समाजवादीको संगठन रहेको छ। नेकपा माओवादी केन्द्रले सम्मानजनक हैसियत हुनुपर्ने दाबी गर्दै आएको छ।