पाेखरा पुगेर प्रचण्डले भने- ‘आफै जितेर ठूलाे पार्टी बन्ने हाे’

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन होला र चुनाव जितौँला भन्ने नठान्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पोखरामा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले जनतासँगको सम्बन्ध सुदृढ गरेर निर्वाचनमा आफै जितेर ठूलाे पार्टी बन्नेमा जोड दिए ।

‘गठबन्धन होला र जितौँला भनेर बस्ने होइन, जनतासँग सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो’, उनले भने । साथै प्रचण्डले वैशाख ३० गते घोषित स्थानीय तहको निर्वाचन नहुने कुनै कारण नदेखेको भन्दै तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

पार्टीको गण्डकी प्रदेश कमिटीले आज आयोजना गर्ने प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न प्रचण्ड पोखरा पुगेका हुन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.