सुदूरपश्चिम सरकारद्वारा रिक्त अस्पताल विकास समिति अध्यक्षहरु नियुक्त
धनगढी । सुदूरपश्चिम प्रदेश अन्तरगत रहेका अस्पताल विकास समितिहरुमा रिक्त रहेका पदाधिकारीकाे पूर्ति गरिएकाे छ ।विहीबार बसेकाे प्रदेश सरकारकाे मन्त्रिपरिषद बैठकले पदाधिकारी नियुक्त गरेकाे हाे ।
प्रदेश सरकार मातहात रहेको पुरानो अस्पताल व्यवस्थापन समितिको म्याद सकिएपछि सामाजिक विकास मन्त्रालयको प्रस्तावमा नयाँ समिति नियूक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिईन् । जसअनुसार धनगढीस्थित सेति प्रादेशिक अस्पताल विकास समितिकाे अध्यक्षमा नरवहादुर शाह (निर्मल), अछाम जिल्ला अस्पतालमा शिब बाेकटी रहेका छन भने टीकापुर अस्पताल विकास समितिकाे अध्यक्षमा झपट साेडारी नियुक्त भएका छन् ।
यस्तै महाकाली प्रादेशिक अस्पतालकाे अध्यक्षमा कृष्णानन्द भट्ट, बाजुरामा मानबहादुर कार्की, बझाङमा सुनबहादुर सिंह, दार्चुलामा दीपक जोशी र बैतडी जिल्ला अस्पतालमा पार्वती भट्ट नियूक्त भएका छन ।