आज रंगहरुकाे पर्व फागुपूर्णिमा (हाेली) मुख्यमन्त्री भट्टले दिए शुभकामना

धनगढी । हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मनाइने रंगहरुकाे पर्व हाेली बिहीबार उल्लासमय वातावरणमा मनाइँदैछ । याे पर्व नेपालका हिमाली र पहाडी जिल्लामा फागुपर्व चैत ३ र तराई मधेसका जिल्लामा चैत ४ गते मनाइँदैछ ।

यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । होली गीतमा खुलेर हास्ने र रङ छ्यापाछ्याप गरेर मन साट्ने हुँदा यस पर्वलाई युवाले नेपाली ‘भ्यालेन्टाइन्स डे’ सप्ताहका रूपमा पनि लिने गरेका छन् । कतिपयले होलीलाई पुरानो दुस्मनी बिर्सेर एक–आपसमा खुसी साट्ने पर्वका रूपमा समेत मनाइने गरिन्छ ।

तराईका थारु समुदायमा होली तिन दिन सम्म मनाइन्छ । अझ कैलाली र कञ्चनपुरमा मात्र बसोबास रहेको रानाथारु र कठरिया समुदायले करिब पन्ध्र दिनसम्म होली धुमधामका साथ मनाउने गर्छन् । होली पर्व सदभावको पर्व हो । वैरभाग नराखी स्वतन्त्रतापूर्वक मनाउने गरिन्छ ।
असत्यको पक्षमा लागेकी होलिकाको दहन भएको स्मरणमा यो पर्व मनाउने गरिन्छ । होलिका हिरण्यकशिपु राक्षसकी बहिनी तथा विष्णु भक्त प्रह्लादकी फुपू हुन् । उनले ब्रह्माबाट आगोले नजलाउने वरदान प्राप्त गरेकी थिइन् ।

यसै अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले स्वास्थ्य परिस्थिति र मर्यदाकाे ख्याल गरी उल्लासमय तरीकाले हाेरी (हाेली) पर्व मनाउन आग्रह गर्दै देश विदेशमा रहेका प्रदेशवासीलाई मंगलमय शुभकामना ब्यक्त गरेका छन् । यस पर्वले एक आपसमा सदभाव र सुमधुर सम्बन्ध कायम गरी समुहिकतामा एकता बढाउन रंगमार्फत खुशी साटासाटकाे प्रेरणा प्रदान गराेस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.