बैतडी । बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दलाई नेकपा एमालेले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हकअधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा आज विश्वभर अन्तराष्ट्रिय नारी दिवस मनाईरहेका बेला आफुलाई लाेकतान्त्रिक पार्टी मान्ने नेकपा एमालेले महिला जनप्रतिनिधिमाथि कारवाही गरेकाे छ ।
२०७४ सालको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हित विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ। यस्तै राष्ट्रिय सभा निर्वाचनमा पार्टीका उम्मेद्वारलाई भोट नदिएकोले चन्दमाथि कारवाही गरिएको विज्ञप्तीमा उल्लेख छ। यस्तै चन्दले पार्टीलाई बुझाउनुपर्ने लेबी समेत नबुझाएकोले पार्टी विधान अनुसार कारवाही गरेको एमालेले जनाएको छ । एमालेबाट निर्वाचित उपाध्यक्ष चन्द कांग्रेसमा प्रवेश गर्ने चर्चा चलिरहेको छ।
