युवा नेता ओलीसहित सुदूरपश्चिमबाट ३ जना केन्द्रीय सदस्य मनाेनित

काठमाण्डाैं । नेकपा माओवादी केन्द्रकाे आज सोमबारकाे बैठकले ५० जनाको नाम केन्द्रीय सदस्य मनाेनित गरेकाे छ । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले ९७ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्नुपर्ने प्रस्ताव गरेका भएपनि ५० जनाकाे मात्रै नाम पारित भएकाे हाे ।

महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेका ३७ जना, ९ जना मधेसी र ४ जना दलित समूहबाट मनोनीत गरेको छ । अब माओवादी केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ । जसमा सुदूरपश्चिम प्रदेशबाट लाेकपृय युवा नेता तथा डाेटीका पूर्वजिल्ला ईञ्चार्ज शिविसिं ओली सहित ३ जना मनाेनितमा परेका छन् ।

अन्य सदस्यमा अछामका झपट साउद, बाजुराका केशव बिक रहेका छन् । सुदूरपश्चिम प्रदेशबाट अन्य केही नाम सिफारीस भएपनि पारित नभएकाे नेकपा माओवादी सुदूरपश्चिका एक नेताले बताएका छन् । उनका अनुसार प्रदेश ईञ्चार्जमा खगराज भट्ट लाई नै ताेकिएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.