धनगढी । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनबाट कृष्ण ओलीको नेतृत्वमा नयाँ समिति गठन भएको छ। शनिबार धनगढीमा भएको अधिवेशनबाट चौतारीको नयाँ टिम चयन भएको हो ।
सर्वसम्मत चयन भएकाे ओली नेतृत्वमा उपाध्यक्षमा लिली कुवर र हरिशचन्द्र बाघ रहेका छन् । यस्तै महासचिवमा शिवराज भट्ट, सचिवमा नरेन्द्र कार्की र रामचन्द्र कुश्मी चयन भएका छन् ।
५१ सदस्यीय कमिटीको कोषाध्यक्षमा चन्द्र थापा चयन भएका छन् । यस्तै सदस्यहरुमा शिव ओली, दिर्घ खत्री, रामसिंह धामी, जीवन विष्ट, विराज रोस्यारा, हरी तिवारी, धु्र्व ओझा, सकुन्तला साउद लगायतका रहेका छन् ।