सुदूरपश्चिममा बन्दकाे प्रभाव समान्य

धनगढी । एमसीसी पास गरेको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले नेपाल बन्दको घोषणा गरेपछि सुदूरपश्चिममा समन्य प्रभाव परेकाे छ । बन्दले सुदूरपश्चिममा लामो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार तथा विद्यालयहरु पनि बन्द छन्।

धनगढी लगायतका बजारक्षेत्रमा सोमबार बिहानैबाट अटो, टेम्पाे, जीप, मोटसाइकल लगायतका नीजीसवारी साधन चलिरहेका छन् । तर, लामो दुरीका सवारी साधन भने नचलेकाे ट्राफिक प्रहरीले बताएकाे छ ।उता कञ्चनपुरमा पनि बजार-व्यवसाय, लामो दुरीका सवारी साधन, विद्यालय, कलेजहरु बन्द गरिएका र बिहान पढ्न गएका विद्यार्थीहरु बन्दले गर्दा फर्किएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर बमले बताए।

आजको बन्दमा अस्पताल, एम्बुलेन्स, खानेपानी, तरकारी, दुग्धजन्य पदार्थ, दमकललगायत अत्यावश्यक सेवा भने खुल्ला रहने बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.