माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश पदाधिकारी छान्न बैठक बस्दै

धनगढी । आज शनिवारदेखि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश किमिटी बैठक बस्दै छ । बैठकले पार्टीकाे प्रदेश अध्यक्षसहित पदाधिकारी छनाैट गर्ने बताइएकाे छ ।

अध्यक्ष लगायत पदाधिकारी आकंक्षी धेरै भएपछि तीन महिनाअघि सम्पन्न प्रदेश अधिवेशनले पदाधिकारी छान्न नसकेपछि धनगढीस्थित निर्माण ब्यवसायी संघकाे हलमा बिहान ११ बजेदेखि बस्न लागेकाे बैठकले पदाधिकारी छनाैट गर्न लागेकाे हाे । अध्यक्षमा सुदूरपश्चिम सरकारका उधाेग, पर्यटन, बन तथा बतावरण मन्त्री समेत रहेका माओवादी नेता मानवहादुर धामी (सन्ताेष) र कैलालीका हरीप्रसाद चाैधरी (उत्सब)काे दावी देखिएकाे छ ।

 यसअघि मंसिरमा १३ सय बढी प्रतिनिधि सहभागी सुदूरपश्चिम प्रदेश सम्मेलनकाे बन्दसत्रले २ जना पछि थप्नेगरी २२३ सदस्यीय प्रदेश कमिटी चयन गरेकाे थियाे । त्यसबेला अध्यक्ष लगायत पदाधिकारीमा एक भन्दा बढी आकंक्षी देखिएकाेले सहमति हुन सकेन र याे कमिटीलाई पदाधिकारी चयन गर्ने जिम्मा दिइएकाे थियाे । बैठकमा सहमति नभए लाेकतान्त्री जनवाद अर्थात चुनावी प्रयाेग हुनुपर्ने कार्यकर्ताकाे माग छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.