फागुन १ गतेदेखि कैलालीमा विद्यालय खुल्ने

धनगढी । कैलालीका फागुन १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बुधबार बसेको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो।

केन्द्रले प्रमुख जिल्ला अध्यक्ष समक्ष विद्यालय खोल्न सिफारिस गरेको जिल्ला प्रसाशन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। कैलालीमा कोरोना संक्रमण दर उकालो लागेपछि विद्यालय बन्द गर्ने निर्णय भएको थियो। तर संक्रमण दर घटेपछि अहिले विद्यालय खोल्न डीसीसीएमसीले सिफारिस गरेको सूचना अधिकारी जोशीले बताए।

खोप नलगाएका १२ वर्षभन्दा मुनिका बालबालिकालाई भने अन्य विधिमार्फत अध्ययन अध्यापन गनाउन पाइने छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.