टीकापुर । रोगजारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन्। धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ।
युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन्। धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर साउदले सहयोग रकमले एम्बुलेन्स खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बतए। “यो सहयोग रोजगारीका लागि देश बाहिर गएका युवाको गाउँका नागरिकलाई देखाएको माया हो”, उनले भने।
विभिन्न देशमा रोजगारी गर्दै आएका यहाँका २२ युवाको आर्थिक सहयोगमा ११ लाख ७६ हजारमा एम्बुलेन्स खरिद गरिएको हो। एम्बुलेन्सको साँचो बुझ्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले एम्बुलेन्स सहयोगका लागि धन्यवाद दिए। “एम्बुलेन्स टीकापुर नगरपालिकाको सम्पत्तिका रुपमा जोडिएको छ। रासस