बलात्कार मुद्दामा सफाई पाएकालाई उच्च अदालतले गर्याे १२ वर्ष कैद

धनगढी । बलात्कार मुद्दामा बझाङ जिल्ला अदालतबाट सफाई पाएका एक युवकलाई उच्च अदालत दिपायलले १२ वर्षको सजाय सुनाएको छ। जिल्ला अदालतले गरेका फैसला उल्ट्याउँदै उच्च अदालतले स्थानीय राजु बोहरालाई १२ वर्षको सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो।

रितु कुमारी (नाम परिवर्तन) को जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरजस्ती करणी मुद्दामा बझाङ जिल्ला अदालतले सफाई दिएको थियो। घरमा पत्नी हुँदाहुँदै प्रलोभनमा पारी झुक्याइ जबरजस्ती करणी समेत गरेको तर वस्तुनिष्ठ प्रमाण र पुष्टि गर्न नसकेको भन्दै जिल्ला अदालत बझाङले २०७७ असार १५ गते निर्णय सुनाउँदै बोहरालाई सफाइ दिएको थियो।

आइतबार सोही मुद्दामा उच्च अदालत दिपायलका न्यायाधीशद्वय टेकनारायण कुँवर र जगतबहादुर थापाको संयुक्त इजलासले १२ वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ।   

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.