धनगढीमा माघ १० गतेदेखि काेराेनाविरुद्ध ‘बुस्टर डाेज’ लगाईने

धनगढी ।  धनगढी उपमहानगरपालिकाले माघ १० गतेदेखि १३ गतेसम्म कोराेनाविरुद्धको अतिरिक्त खोप ‘बुस्टर डाेज’ दिने भएको छ ।धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बहादुर बोहराले सबैजसाे वडावाट पहिलो र दोस्रो खोप लगाएका ६ महिना पुगिसकेका नागरिकहरुलाई अतिरिक्त तेस्रो खोप लगाइने बताए ।

उपमहानगरपालिकाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सरसफाईकर्मी, पत्रकारका साथै सार्वजनिक सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीलाई खोप लगाइने जनाएकाे छ । त्यस्तै ६० बर्ष उमेर समुहका सबै नागरिक, दिर्घरोगीहरुलाई समेत अतिरिक्त खोप लगाइने जनाएकाे छ ।

No description available.

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.