धनगढी । धनगढीको ट्राफिक चौराहस्थित एक विधुत पाेलमा आगलागी भएको छ। विद्युतको पोलमा शुक्रबार दिउँसो एक्कासी भएकाे आगलागी नियन्त्रण गर्न दमकल प्रयाेग गरिएकाे थियाे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार अहिले आगो नियन्त्रणमा लिइएको छ।आगलागीको कारण भने पत्ता नलागेको नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले जनाएको छ।