Dashain Suvakamana

पीसीआर परीक्षण शुल्क सरकारीमा २०० र निजीमा ५०० ले घट्याे

सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार सरकारी प्रयोगशालाले पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएकोमा अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो । यस्तै निजी प्रयोगशालाले पीसीआर परीक्षण गर्दा बढीमा एक हजार ५०० रुपैयाँ मात्र लिन पाउनेछन् । यसअघि दुई हजार रुपियाँ लिने गरेका थिए ।

लक्षण देखिएकाहरुकाे पीसीआर परीक्षण भने निशुल्क नै रहनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.