धनगढीमा नेपाल र भारतका प्रधानमन्त्रीकाे पुत्ला दहन

धनगढी । सुदूरपश्चिम प्रदेशकाे मुकाम रहेकाे कैलालीकाे धनगढी बजारमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कैलालीले पुतला दहन गरेको हो।

उनीहरुले भारतले लिपुलेक र कालापानी कब्जा गरेकोप्रति सरकारको धारणा नआएको भन्दै साल्ट ट्रेडिङ कार्यालयदेखि मुख्यमन्त्री कार्यालयसम्म राँके जुलुससहित नाराबाजी गरेका थिए। उनीहरुले ‘कालापानी लिपुलेक र कालापानी’ हाम्रो हो भन्दै नाराबाजी लगाएका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.