युवा स्वराेजगारका कार्यक्रम छिटाे लागु गर्न मुख्यमन्त्रीकाे निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेशकाे गाैरबकाे याेजना युवा स्वराेजगार कार्यक्रमलाई छिटाे भन्दा छिटाे कार्यान्वयनमा लैजान मुख्यमन्त्री त्रिलाेचन भट्टले काेषका निर्देशकलाई निर्देशन गरेका छन् । मंगलबार मुख्यमन्त्री भट्टले प्रदेश युवा स्वराेजगार काेषका नव नियुक्त सिईयाे चुडामणी तिम्सिनालाई आफ्नाे कार्यकक्षमा बाेलाई यस्ताे निर्देशन दिएका हुन् ।
केही समय पहिलेदेखि प्रदेश सरकारले महत्वकासाथ याेजना ल्याएकाे बेराेजगार तथा काेराेनावाट प्रभावित युवालाई बिना धिताे रिण दिएर स्वराेजगार बनाउने कार्यक्रमलाई अवकाे एक महिनाभित्रै सूचना प्रकाशित गरेर कार्यान्वयनमा ल्याउन मुख्यमन्त्रीले निर्देशन गरेकाे मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिब सिं ओलीले जानकारी दिएकाे छ । कार्यक्रमकाे कार्यविधि यसअघि नै तयार भैइसकेकाे छ ।
काेराेनाले उधाेग ब्यवसाय धरापमा परेकाबेला प्रदेश सरकारले ल्याएकाे याे कार्यक्रम लागु भए बेराेजगार तथा काेराेना प्रभावित जनसमुदाय लाभाविन्त हुने बिश्वास गरिएकाे छ ।