प्रधानमन्त्री कप: मुलपानीमा सुदूरपश्चिम पुलिससँग भिड्दै

चौथो संस्करणकाे आजबाट सुरु प्रधानमन्त्री कप पुरुष टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे पहिलाे खेलमा सुदूरपश्चिम प्रदेश पुलिस क्लबसँग भिडिरहेकाे छ । मुलपानी मैदानमा आज दुई खेल नै हुनेछन्। दोस्रो खेलमा भने बाग्मति प्रदेशले लुम्बिनी प्रेदेशको सामना गर्नेछ।

यता कीर्तिपुरको टियू क्रिकेट मैदानमा विहान साढे ९ बजेबाट सुरु भएकाे खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको सामना गर्दैछ। त्यस्तै, सोहि मैदानमा आजै हुने अर्को खेलमा भने नेपाल एपीएफ क्लबले प्रदेश २ को सामना गर्नेछ। यसअघि प्रधामन्त्री कपको चौथो संस्करणमा आर्मी विजेता बनेको थियो भने एपीएफ उपविजेता बनेको थियो।

प्रतियोगितामा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ। दुवै समूहका विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्। माघ ४ गते हुने सेमिफाइनलमा विजेता दुई टिमले माघ ५ गते फाइनल खेल्नेछन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.