बुधवारबाट सुदूरपश्चिम तराईमा बर्षा र उच्च पहाडमा हिमपात हुने

काठमाडौं । फेरि पश्चिमी वायुको अर्को प्रणाली नेपाल भित्रिएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव आज रातिदेखि शनिबारसम्मै रहने मौसमविदको अनुमान छ। उक्त प्रभाव देशभरमै पर्ने बताइएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिममा बुधबारदेखि पानी पर्न सुरु गर्ने बताएको छ। मंगलबार रातिबाट नेपाल भित्रिने यो प्रणालीको प्रभाव विशेष गरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बढी देखिने छ।

यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.