डाेटीलाई हराएकाे बैतडीले आज बझाङलाई पनि हरायाे

बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौट अन्तरगत बैतडीले लगातार दोस्रो जित निकालेको छ । आज सम्पन्न खेलमा बैतडीले बझाङलाई ६ विकेटले स्तब्ध पार्दै दोस्रो जित निकालेको हो । यसअघि हिजो डोटीलाई १९९ रनले पराजित गर्दै बैतडीले विजयी शुरुआत गरेको थियो ।

खुलामञ्च मैदानमा आज बझाङले दिएको २३१ रनको लक्ष्य बैतडीले ३२.४ ओभरमा ४ विकेट गुमाएर गुरा गर्यो । जसमा डम्बर बुडालले नटआउट ७३ रनको पारी खेले । यस्तै खडक बोहराले ५१ र नरेन भट्टले अविजीत ३९ रन जोडे । बझाङका सन्जय बोहरा र सत्य राज विष्टले १/१ विकेट झारे ।त्यसअघि पहिला ब्याटिंग गरेको बझाङले ३८.२ ओभरमा २४० रनमा अलआउट भयो । उसका लागि अनिल थापाले अर्धसतकीय पारी खेल्दै ७१ रन बनाए ।

यस्तै अभिनास सिंहले ४३ र राजन सिंहले ३९ रन जोडे । बैतडीका लागि खडक बोहराले ४,विरेन्द्र नाथ र जगदीश चन्दले २/२ विकेट हात पारे । खडक म्यान अफ द म्याच चुनिएका सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए । प्रदेशस्तरीय छनौट प्रतियोगितामा यहाँका ८ टोलीको सहभागिता रहेको छ । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरेर सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ ।

नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौंमा हुदैंछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.