माओवादीकाे अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी अनुमोदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तीन केन्द्रीय आयोगका अध्यक्षलगायत पदाधिकारीहरू सर्वसम्मत चुनेको छ। आठौं राष्ट्रिय महाधिवेशनको आइतबरको बन्द सत्रले माओवादीको यसअघिको केन्द्रीय अनुशासन, निर्वाचन र लेखा आयोगका पदाधिकारी र सदस्यहरुलाई अनुमोदन गरेको हो।

यसअघिकै आयोगका पदाधिकारी तथा सदस्यहरुलाई अर्को कार्यकालका लागि अनुमोदन गर्न अध्यक्ष मण्डलले गरेको प्रस्तावलाई बन्द सत्रले सर्वसम्मतले पारित गरेको छ।केन्द्रीय अनुशासन आयोग प्रमुखमा टंक राई, निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठ र लेखा आयोग प्रमुखमा पेशल खतिवडा रहेका छन्।

तीनवटै आयोग २५ सदस्यीय छ। आयोगका सदस्यहरुलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.