वामदेवले बिज्ञप्ति नै निकालेर प्रचण्डको गरे प्रशंसा, भने-‘अरु नेताभन्दा सभ्य र भव्य’

पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमाले एक विज्ञप्ति जारी गर्दै माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन् ।

माओवादी केन्द्रको जारी आठौँ महाधिवेशन प्रारम्भको उद्घाटन सकिए लगत्तै गौतमले अध्यक्ष प्रचण्डको प्रशंसा गर्नसमेत भ्याएका हुन् ।उनले अध्यक्ष ‘प्रचण्ड’ले उद्घाटनमा सुभकाना दिने सबै अथितिहरुको मुक्त कण्ठले धन्यवाद दिएको उल्लेख गरेका छन् ।उनले आफ्नो सचिवालयमार्फ बिज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्, ‘आफ्नो विचार पनि संक्षिप्त रुपमा तर्कयुक्त राख्नुभयो। उहाँको मन्तव्यमा एउटापनि दुर्वचन दिएन। कतिपय नेताहरु दुर्वचनाबाट आफ्नो मन्तव्व सुरु गर्छन्। र, दुर्वचनबाटै मन्तव्य अन्त्य गर्छन्। उनको तुलनामा अत्यन्त सुसंस्कृत र भव्य देखिनुभयो । ‘प्रचण्ड’ जीलाई धेरै\धेरै बधाइ र धन्यवाद दिन चाहन्छु।’

संयोजक गौतमले अन्त्यमा माओवादी केन्द्रलाई अधिवेशनको पूर्ण सफलताको सुभकामना र बधाइसमेत दिएका छन् । गौतम माओवादी केन्द्रको महाधिवेशनमा भने उपस्थित भएका थिएनन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.