लागुऔषधसहित कञ्चनपुरका दुई युवा धनगढीमा पक्राउ
धनगढी । धनगढीमा लागुऔषधसहित कञ्चनपुरका दुई युवक पक्राउ परेका छन्। प्रहरीका अनुसार मंगलबार राति १ बजेको समयमा कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दीपक विक र २१ वर्षीय राजेन्द्र कामी पक्राउ परेका हुन्।
उनीहरुलाई धनगढी उपमहानगरपालिका-३ बाट ४१ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकश जोशीले बताए। दुवै जनामाथि लागुऔषध शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने उनले बताए।