कांग्रेस महाधिवेशनमा ओली बोल्दाबोल्दै माइक बन्द भएपछि…
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्दाबोल्दै माइक बन्द भएपछि उनी पोर्डियम छाडेर निस्केका छन्।
त्यसपछि फर्केर आफ्नै सोफामा पुगेका ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच गफगाफ चलेको थियो। त्यसपछि कार्यक्रम प्रस्तोता तथा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फेरि ओलीलाई बोल्न पोर्डियममा बोलाएका थिए।
उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह गरे । उन भने ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिड्न छाड्नु पर्छ । आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’