‘ग्याङ फाइट’ राेक्न खाेज्ने प्रहरी समेत कुटिए, पाँच जना नियन्त्रमा

बिकास महता

कञ्चनपुरकाे बेदकाेटमा लक्ष्मी पूजाको दिन दुई युवाहरुको समूहबीच कुटाकुट हुँदा राेक्न खाेज्ने प्रहरी समेत कुटिएका छन् । बेदकोट नगरपालिका–८ गैलनदीमा युवकको एक समूहले अर्को समूहमाथि आक्रमण गरेको थियो।

दुई पक्षकाे कुटाकुटपछि आक्रमणमा परेर घाइते भएकाहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको थियो। सोही क्रममा फेरि आक्रमणका लागि अस्पताल पुगेको युवकको समूहलाई रोक्न खोज्दा एक प्रहरीमाथि पनि आक्रमण भएको छ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय महेन्द्रनगरका एक असइ घाइते भएका हुन्। उनको हातमा समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपाने बताए।  घटनामा संलग्न ५ युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। अन्य युवकहरुको खोजी भइरहेको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.