धनगढी सुगन्धबिनाका प्लाष्टिक रंगिचंगी फूलले भरिभराउ
धनगढी । दीपावली लागेसँगै सुदूरपश्चिमकाे मुकाम धनगढी बजार रंगिचंगी प्लाष्टिकका कृतिम फुलले भरिभराउ भएकाे छ । सुगन्ध बिनाका यस्ता कृतिम रंगिबिरंगी फुलले प्रदूषण मात्रै बढाउने गरेकाे छ ।
केही किसानले पुष्प खेती गर्दै आएपनि कोरोना महामारीका कारण भएको निषेधाज्ञाले चौपट पारेकाे र त्यसैमा यस बर्ष लगाइएको फूलहरु कार्तिक पहिलो साता परेको वर्षाले सखाप पारिदिएपछि प्लाष्टिकका फूल सीमावर्ति भारतबाट भित्रिएका हुन् । यस्ता प्लाष्टिकले प्रदूषण मात्रै बढाउने गरेका छन् । जन्मदेखि मृत्युसम्म हरेक कामकाजमा फूलहरु आवस्यक पर्दा पनि पुष्प खेतीलाई बढावा दिन सरकरी पक्षबाट कुनै चासो नै नभएको किसानहरु बताउँछन्।
गत वर्ष र यस वर्ष पुरै नोक्सानी व्यहोर्नुपर्यो। ‘लगानी डुब्यो, रोपेका फूल सबै कोरोनाका कारण भएको निषेधाज्ञाले खेर गयो। यस वर्षको फुल वर्षाले लग्यो’, धनगढीका पुष्प व्यवसायी चन्द्रबहादुरले भने। दुई वर्षदेखि बिना खेती कर तिरिरहेको उनकाे भनाई छ ।