सुदूरपश्चिममा एमाले अधिवेशनप्रति नेता रावलकाे आपत्ति

धनगढी । सुदूरपश्चिमकामा नेकपा एमालेको वडा अधिवेशन एकलौटी ढंगले भइरहेको भन्दै भीम रावल पक्षले केन्द्रीय कमिटी बैठकमा लिखितरूपमै ध्यानाकर्षण गराएको छ।

दश बुँदे सहमति सुदूरपश्चिम प्रदेश कमिटीमा कार्यान्वयन नभएको भनेर उपाध्यक्ष रावलले कार्यदल संयोजकबाटै राजीनामा दिइसकेका छन्। शुक्रबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य झपट रावलले मनपरी सदस्यता वितरण गरेर भद्रगोल मच्चाउँदै अधिवेशन भएको भन्दै आपत्ति जनाएका छन्।

तर, रावलले लिखितरूपमा नेतृत्वको ध्यानाकर्षण गराएको बताए। रावलको ध्यानाकर्षणमाथि पछि छलफल हुने जानकारी नेताहरूले गराएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.