सुदूपश्चिमकाे राजधानी गाेदावरीमा डेढलाख धनराशीकाे फुटवल प्रतियाेगीता हुने
धनगढी । सुदूरपश्चिम प्रदेशकाे राजधानी कैलालीको गोदावरीमा डेढलाख धनराशि पुरस्कार रहेको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। गोदावरी नगरपालिका– ३ मालाखेतीस्थित न्यु मालिका युवा क्लवको आयोजनामा नगरस्तरीय फुटबल प्रतियोता आयोजना हुन लागिएको हो।
बिहिबार क्लवले मालाखेतीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दिपावली पर्वलाई लक्षित गरी कार्तिक १४ देखि १८ गते सम्म प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ। प्रतियोगिताका संयोजक महेश बिष्टले प्रतियोगिताले गाउँ– गाउँमा लुकेर रहेका प्रतिभालाई आफ्नो खेल प्रदर्शन गर्ने अवसर प्रदर्शन गर्ने बताए। उनले प्रतियोगिताले युवा पिढीलाई फुटबल तर्फ आकर्षित गरी युवहरुलाई कुलतमा फस्नबाट बचाउन टेवा पुग्ने बताए।
नकआउट चरणमा खेलाइने प्रतियोगितामा प्रथम पुरुस्कार १ लाख र द्धितीय पुरस्कार ५० हजार राखिएको आयोजकले जनाएको छ। प्रतियोगिता गोदावरी नरपालिका – ३ मा र रहेको मालिका युवा क्लवको खेल मैदानमा हुने छ।