फुटकाे तनाव: कैलालीमा एमाले र एकीकृत समाजवादीबीच झडप

धनगढी । नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच कैलालीमा विवाद भएको छ। जिल्लाको गौरीगंगा नगरपालिकामा रहेको पार्टी कार्यालयबारे विवाद भएपछि सामान्य झडप भएको बताइएको छ। सोमबार दिउँसो नेकपा (एस)ले एमाले पार्टी कार्यालयमा तालबन्दी गरेपछि त्यहाँ तनाव भएको प्रहरीले बताएको छ।

पार्टी कार्यालयमा दुवै पक्षले तालाबन्दी गर्न खोजेपछि तनाव भएको र अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नाउव उपरीक्षक प्रतीक विष्टले बताए। नेकपा एमाले कैलालीका उपाध्यक्ष रणबहादुर चन्दले एमाले पार्टी कार्यालयमा नेकपा(एस) का कार्यकर्ताले तालाबन्दी गरेपछि विवाद सृजना भएको बताए।

यता एकीकृत समाजवादी गौरीगंगाका अध्यक्ष विष्णु आचार्यले छलफल गरेर पार्टी कार्यालयबारे टुंगो लगाउन ताला लगाएको तर एमाले कार्यकर्ताले खोलेपछि सामान्य झडप भएको बताए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.