वन कार्यालय धनगढीको प्रमुखमा पराजुलीद्वारा पदवहाली

धनगढी । डिभिजन वन कार्यालय धनगढीको प्रमुखमा केशब पराजुली आएका छन्। यसअघि डिभिजन वन कार्यालय धनगढीको प्रमुख रामचन्द्र कडेल रहेकोमा उनको सरुवापछि पराजुली धनगढी आएका हुन्।

वन कार्यालयका कर्मचारीहरुले आज पराजुलीको कार्यालयमा स्वागत गरेका थिए। उनले आजै पदवहालीसमेत गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.