छाेरासहित नदीमा हाम फालेकी आमा बेपत्ता बालक मृत फेला

बैतडीका आमाले हाम फालेपछि सँगै बेपत्ता भएका एक बालक मृत फेला परेका छन्। शुक्रबार डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट मृत फेला परेका हुन्।

उनी दोगडाकेदार–६ चम्तडीनजिक चौलानी नदी किनारमा मृत फेला परेको प्रहरीले जनाएको छ। कात्तिक २ गते उनकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन्। उनी भने भेटिएकी छैनन्।

प्रहरीका अनुसार जयन्तीको खोजीकार्य भइरहेको छ।यस्तै, शुक्रबार नै सुर्नया गाउँपालिका-५ कक्स्यालीका ४७ वर्षीय ध्वजबहादुर विष्ट पनि मृत फेला परेका छन्। उनी असोज २९ गते  घोडधौनीस्थित दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेका थिए।

त्यसदिनदेखि बेपत्ता रहेका उनी शुक्रबार बिहान १० बजे कक्स्यालीमै मृत फेला परेको प्रहरीले जनाएको छ।उनको मृत्युको के कारणले भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.