माओवादी केन्द्रले ३३ बिभाग गठन गर्याे, कसलाई के जिम्मा ?

काठमाण्डाैं । नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय विभाग र प्रतिष्ठानका प्रमुख तोकेको छ । माओवादीले ३३ वटा विभाग र प्रतिष्ठानलाई पूर्णता दिँदै प्रमुखहरु तोकेको हो ।आज बसेको स्थायी कमिटी बैठकले विभाग र प्रतिष्ठानका प्रमुख तोकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रत्येक विभागमा कम्तिमा ३५ सदस्य रहने गरी प्रमुखहरु तोकिएको उनले बताए ।

जसअनुसार पार्टी विदेश मामिला विभागमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,संगठन विभागमा जनार्दन शर्मा प्रभाकर,उर्जा तथा जलश्रोत विभागमा लीलामणि पोखरेल र स्कुल विभागमा गिरिराजमणि पोखरेल प्रमुख तोकिएका छन् । त्यस्तै, अर्थ तथा योजना विभागमा वर्षमान पुन अनन्तलाई प्रमुख बनाइएको छ भने प्रचार प्रसार विभागमा कृष्णबहादुर महरा, भूमि सुधारमा हरिबोल गजुरेल र निर्वाचन विभागमा खिमलाल देवकोटा प्रमुख छन् । आजको बैठकले डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समिति पनि गठन गरेको छ ।

यी हुन् माओवादी केन्द्रका विभाग र प्रमुखहरु

विपद व्यवस्थापन विभाग : सूर्य सुवेदी पथिक

अर्थ तथा योजना विभाग : बर्षमान पुन अनन्त

उपभोक्ता हित तथा आपूर्ति विभाग : मातृका यादव

भूमिसुधार विभाग : हरिबोल गजुरेल

कोष तथा आर्थिक व्यवस्था विभाग : डोरप्रसाद उपाध्याय

खानेपानी विभाग : बीना मगर

जलश्रोत तथा सिन्चाई विभाग : लीलामणि पोखरेल

निर्वाचन विभाग : खिमलाल देवकोटा

कानुन, न्याय तथा मानवअधिकार विभाग : मुक्तिनारायण प्रधान

प्रचार प्रसार विभाग : कृष्णबहादुर महरा

पुस्तकालय तथा अभिलेख विभाग : नारायणप्रसाद शर्मा

भौतिक पूर्वाधार तथा यातायात विभाग : हरि अधिकारी

युवा तथा खेलकुद विभाग : गणेशमान पुन

राजकीय मामिला विभाग : रेखा शर्मा

राष्ट्रिय सुरक्षा विभाग : कृष्णबहादुर महरा

वन तथा वातावरण विभाग : शक्ति बस्नेत

विदेश मामिला विभाग : नारायणकाजी श्रेष्ठ

शिक्षा तथा मानव श्रोत विभाग : नारायण शर्मा

विज्ञान तथा प्रविधि विभाग : गणेश साह

श्रम तथा रोजगार विभाग : रामेश्वर राय यादव

संगठन विभाग : जनार्दन शर्मा प्रभाकर

संघीय संसदीय विभाग : देवप्रसाद गुरूङ

समाज कल्याण विभाग : सत्या पहाडी

गरिबी निवारण विभाग : धर्मभक्त देवकोटा

शहरी विकास विभाग : देवेन्द्र पौडेल

सामान्य प्रशासन विभाग : लोकेन्द्र बस्नेत

साहित्य तथा सांस्कृतिक विभाग : गोपाल ठाकुर

स्थानीय तह विभाग : उर्मिला अर्याल

स्वास्थ्य तथा जनसंख्या विभाग : कल्पना धमला

नीति तथा अनुसन्धान प्रतिष्ठान : रामचन्द्र झा

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.