प्रधानमन्त्री देउवा डाेटीमा, साँझ धनगढी बास हुने (यस्ताे छ कार्यतालिका)

धनगढी । प्रधानमन्त्री शेरवहादुर देउवा  बाढी पहिराे प्रभावित क्षेत्रकाे निरीक्षणमा  आज गृहप्रदेश पुगेका छन् ।असाेज ३१ गतेदेखि परेकाे अबिरल वर्षामा कारण भएकाे क्षतीकाे अनुगमन गर्न प्रधानमन्त्री देउवा डाेटी पुगेका हुन् ।

आज बिहान ८ बजे सुर्खेतबाट हेलिकप्टरमार्फत डाेटी, बझाङ, डडेल्धुरा र कञ्चनपुर हुँदै साँझ धनगढी पुग्ने कार्यक्रम रहेकाे प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

चार जिल्लाकाे अनुगमनपछि आज धनगढी बास बस्ने कार्यतालिका रहेकाे स्वकीय सचिव देउवाले जानकारी दिए । भाेली कैलालीकाे दक्षिणी भेग टिकापुर भजनी लागयतकाे बाढी प्रभाबित क्षेत्रकाे अनुगमन गर्ने कार्यतालिका रहेकाे बताईएकाे छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.