प्रदेशमा सत्ता समीकरणको टुंगो लगाउन बालुवाटारमा गठबन्धनकाे बैठक

काठमाण्डाैं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध चार दलको बैठक सुरु भएको छ । बैठकले प्रदेशमा सत्ता समीकरणको टुंगो लगाउने बताइएको छ । आजकाे बैठकले खास गरी प्रदेश १ र बाग्मती प्रदेशमा सत्ता समीकरणको टुंगो लगाउने बताईएकाे छ ।

बाग्मती प्रदेशमा भोलि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने गरी प्रदेशसभा बैठक बस्दै छ । त्यसअघि नै गठबन्धनको बैठकले बाग्मतीको सत्ता समीकरण टुंगो लगाउने अपेक्षा गरिएको छ । आजको बैठकले प्रदेश १ मा र कर्णाली प्रदेशमा नयाँ सरकार बनाउनेबारे पनि छलफल हुने बताइएको छ । यी बाहेक सुदूरपश्चिम, लुम्बिनी. गण्डकी र २ नम्बर प्रदेश सरकार भने यथाबत रहने स्राेतले बताएकाे छ ।

बैठकमा प्रधामन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल र जसपाबाट उपेन्द्र यादव सहभागी छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.