जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक दम्पतीको मृत्यु

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ का ६६ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ५३ वर्षीया मधुरा कार्कीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले बताएको छ।

घरमै रहेका उनीहरुलाई गए राती जङ्गली हात्तीले आक्रमण गरेकाे बताईएकाे छ । साथै नगरपालिकाको वडा नम्बर १ र १२ का स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। कञ्चनपुरका निमित्त डिभिजनल बन अधिकृत दिनेशकुमार यादवले शुक्लाफाँटा १ र १२ निवासी सम्पूर्णलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.