उर्लेकाे कर्णाली बस्ती पसेपछि कैलालीको पूर्वी क्षेत्र तनावग्रस्त

धनगढी । रानी जमरा नहरकाे बाँध फुटाएर उर्लेकाे कर्णाली बस्ति पसेकाे छ । रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि कैलालीकाे जानकी गाउँपालिका र टीकापुर नगरपालिका जोखिममा परेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिकामा ‘हाइ अलर्ट’ गरिएका छ । ‘गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सिंचाइ आयोजनामा कर्णालीको पानी पसेको बारे जानकारी गराएर स्थानीयलाई सतर्क रहन माईकिङ गरिएकाे छ, जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘उहाँहरूलाई हाइ अलर्ट रहन भनिएको छ ।’

अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको समेत उनले जानकारी दिए। मंगलबार साँझ कर्णालीको पानीको सतह १२:४५ मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो । खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ ।टीकापुर नगरपालिका-५ शाहीपुरमा कर्णाली नदीको तटबन्ध भत्काएर बाढी गाउँ पसेको छ ।

कर्णाली नदी तटबन्ध भत्काएर नदी गाउँ पसेपछि टीकापुर नगरपालिकाले नदी तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । नगर प्रमुख तपेन्द्रबहादुर रावलले नदी किनारका टीकापुरका वडा नं ५,६,७, ८ र ९ का बासिन्दा सुरक्षित स्थानमा बस्न आग्रह गरेका बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.