पहिरोले घर बगाउँदा बैतडीमा ३ जनाको मृत्यु

धनगढी । बैतडीमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले जानकारी दिएका छन्।

मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन्।जिल्ला  प्रहरी कार्यालयले मंगलबार साँझ घटनास्थलबाट तीनै जनाको शव निकालेको बताए छ।

बैतडीमा पनि आइतबार साँझबाट लगातार बर्सात भइरहेको छ। वर्षाका कारण त्यहाँको विद्युत तथा फोन सेवा अवरुद्ध बनेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.