सुदूरपश्चिम सरकारले प्रदेश विपद् कोषमा २५ करोड जम्मा गर्ने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज बसेकाे आपत्तकालिन मन्त्रिपरिषद् बैठकले विपदबाट प्रभावित परिवारलाई जनशक्ति व्यवस्थापन, राहत, खोज तथा उद्दार गर्नका लागि सो कोषमा रकम विनियोजन गरेको हो ।
प्रदेश सरकारले विपदका घटनालाई मध्य नजर गर्दै प्रदेशका नौ वटै जिल्लाका लागि २५/२५ लाख विनियोजन गरेको छ । जस मध्ये रु.१५ लाख जिल्ला बिपद ब्यबस्थापन कोषमा र रु.५/५लाखका दरले नौ वटै जिल्लाका सुरक्षा निकाय नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई उपलब्ध गराउने निर्णय गरेकाे सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पुर्णा जाेशीले जानकारी दिइन्।
‘त्यो रकम अहिलेको तत्कालको लागि हो । क्षतिको यकिन विवरण आएपछि हामी थप राहत उपलब्ध गराउँने छौं’ मन्त्री जोशीले भनिन्, ‘अहिले प्रदेशमा सङ्कट आएको छ त्यसको व्यवस्थापन हाम्रो मुख्य योजना हो ।’