बझाङको थलारामा पहिरो जाँदा २३ जना बेपत्ता

धनगढी । बझाङकाे थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार विहान पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाँउभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित भएका छनभने ७ घर पुरिएर २३ जना बेपत्ता छन् ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माईला छोरा काले सार्की मात्र शकुसल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाँउका स्थानीय विस्थापित भई त्रिभुवन मा.वि महेन्द्रधारमा बसिरहेका शिक्षक मदन बहादुर साउँदले जानकारी दिए।

गाँउ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ती मा.वि पाराकाट्नेका शिक्षक साउँदले बताए । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन ।

बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकोले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।’

adventure
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.