Dashain Suvakamana

साफ च्याम्पियनसिपकाे फाइनल पुग्ने दाउमा नेपाल बङ्गलादेशसँग भिड्दै

१३ औं साफ च्याम्पियनसिप अन्र्तगत नेपालले लिग चरणको अन्तिम खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलबाट नै यो सिननमा नेपालको बाँकी यात्रा टुंगो लाग्नेछ । सुरुवातमा लगातार दुई खेल जिते पनि तेस्रो खेलमा भारतसँग हारेको नेपाल बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा फाइनल प्रवेश गर्नेछ।

समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ । बंगलादेशसँगको खेलमा हारेमा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ । यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ। जित्यो भने नेपाल ९ अंकका साथ फाइनल प्रवेश गर्नेछ।

सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा हालसम्म नेपाल पुग्न सकेको छैन । हालसम्म तेस्रो स्थानभन्दा माथिल्लो उपलब्धि नेपालले हासिल गर्न सकेको छैन। यसपटक भने नेपाल फाइनल पुग्ने लक्ष्यमा रहेको छ । अहिले नेपाल त्यो लक्ष्य नजिक रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.