तीन वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

डोटी । तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा डोटीमा एक किशोर पक्राउ परेका छन्। बलात्कारको आरोपछि फरार रहेका सायल गाउँपालिकाका १७ वर्षीय किशोर पक्राउ परेका हुन्।

ती किशोर माथि बहिनी नाता पर्ने बालिकालाई घरभित्र बोलाएर बलात्कार गरेको आरोप लागेको छ । फरार रहेका उनलाई मंगलबार शिखर नगरपालिका–११ स्थित आफन्तको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बालिकाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.