मन्त्रिपरिषद् विस्तार हुँदै, एकीकृत समाजवादी यी ६ जना मन्त्री बन्ने
धनगढी । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने निर्णयको सिफारिश अनुसार राष्ट्रपतिले अध्यादेश खारेज गरिसकेकाले आज मंगलबार मन्त्रिपरिषद् विस्तार हुने बताईएकाे छ । यसैवीच नेकपा एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा एकीकृत समाजवादीले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको एक नेताले बताए । गठबन्धनको नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्रीको नाम बुझाइसकिएकोले प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेका हो।
५ मन्त्री र एक राज्यमन्त्री पाएको एकीकृत समाजवादीले विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम मन्त्रीका लागि टुंगो लगाएको हो।