अग्रिम टिकट खुलेपछि काठमाण्डाैं बसपार्कमा चहलपहल बढ्याे

दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेका लागि आज (सोमबार)बाट अग्रिम टिकट बुकिङ खुला भएको छ। काेभिड१९ का कारण लामाे समयदेखि सुनसानजस्तै रहेकाे बसपार्कमा अग्रिम टिकट बुकिङ खुला भएसँगै चहलपहल बढ्दै गएकाे हाे ।

काठमाडौं बाट देशका विभिन्न गन्तव्यमा जाने यात्रुहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन्। धेरै बस व्यवसायीले अनलाइन तथा एपमार्फत नै टिकट बुकिङको व्यवस्था मिलाएकाले बसपार्क गतवर्षहरुमा जस्तो भिडभाड भने देखिएको छैन। यातायात व्यवस्था विभागले गत बिहीबार सरोकारवालासँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो।

बसपार्कमा स्वास्थ्य मापदण्डको पालना गराइएको छ भने ट्राफिक प्रहरीले यात्रु सहायताकक्षसमेत सञ्चालन गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.